• २०८१ बैशाख २१ शुक्रबार

विशेष प्रस्तुतिसहित हुदै छ 'टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड' 

kharibot

काठमाडौँ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित 'टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड'  वितरण भव्य कार्यक्रमका साथ सोमबार हुदै छ ।

अवार्डको अन्तिम घोषणा सोमबार (अषाढ १६ गते) काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना हुने गरी अहिले अन्तिम तयारी भैरहेको छ ।

अवार्ड घोषणा कार्यक्रममा अवार्ड वितरणका साथै विभिन्न प्रस्तुति समेत हुने भएको छ । कार्यक्रमका संयोजक निर्मल श्रेष्ठका अनुसार समारोहमा भ्वाइस अफ नेपाल २०१८ का विजेता सिडी विजय अधिकारी र फाइनालिष्ट कुशल आचार्य तथा प्रतियोगी श्रेया राई र आन्नी श्रेष्ठले आ-आफ्नो प्रस्तुति दिने भएका छन् ।

त्यस्तै समारोहमा चर्चित हास्यकलाकार जितु नेपालले समेत प्रस्तुति दिने भएका छन् ।

समारोहमा अभिनेत्री छुल्ठिम गुरुङ र उनको समुहले समेत प्रस्तुति दिने भएका छन् । कार्यक्रमलाई वरिष्ठ संचारकर्मी प्रभात रिमाल र सुप्रिया तुलाधरले संचालन गर्दै छन् ।

समारोहमा निमन्त्रणाबाट मात्र सहभागी गराउन लागिएको संयोजक श्रेष्ठले जानकारी गराएका छन् । समारोहका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल रहेका छन् ।      

वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानमा देश भरका प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा गाउँठाउँका प्राकृतिक, सांस्कृतिक सम्पदा, कला संस्कृति भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो डकुमेन्ट्री निर्माणका लागि आह्वान गरिएको थियो ।

सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायक मण्डलले विभिन्न ८ विधामा ४७ भिडियोको मनोनयन सार्वजनिक गरिसकिएको छ ।

साथै पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु समेत वि विल राइज फाउन्डेसनको आधिकारिक फेसबुक पेज  र युट्युब च्यानलबाट सार्वजनिक गरिसकिएको छ ।

भिडियोको समय अधिकतम ५ मिनेट राखिएको छ भने उत्कृष्ट भिडियोका लागि एक लाख, त्यस्तै दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

पब्लिक च्वाइस अवार्डमा धेरै मत ल्याउने उत्कृष्ट एउटा भिडियोले एक लाख रुपैयाँ पुरस्कार पाउने छ । साथै नेपाल फिल्म एकेडेमीले २ लाख बराबरको फिल्म सम्बन्धि अध्ययनको लागि एक बर्षको छात्रवृति प्रदान समेत गर्ने छ ।       
त्यस्तै उत्कृष्ट सम्पादन र उत्कृष्ट लेखनले समेत २५–२५ हजार रुपैंया नगद पुरस्कार पाउने फाउन्डेसनले जानकारी दिएको छ ।

गत जनवरी १ देखि मे ३१ सम्म चलेको यस ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्मालगायतले छनोट गरेका हुन् ।

यस अभियानलाई खरीबोट डट कमले मिडिया पार्टनरको रुपमा सहयोग गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै