चेन्नईयनसँग मनाङ मर्स्याङ्दी पराजित 

खरीबोट

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३-२ ले पराजित भएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले आक्रमक खेल खेलेका थिए । चेन्नईयनले मोहमद रफीले ५३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एली साबियाले ६६औ मिनेटमा गोल गर्दै चेन्नईयनको अग्रता दोब्बर पारे ‌।

मनाङका लागि आफिज ओलाडिपोले ८ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ७१ र ७९औ मिनेटमा गोल गरेका थिए । तर ८८औ मिनेटमा रफीले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

समूह ‘ई’ को पुछारमा रहेको मनाङले ६ खेलमा २ अंक जोडेको छ । चेन्नाइयिनको ११अंक पुगेको छ । समूहबाट शीर्ष स्थानको टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । 
 

सम्बन्धित समाचार

चेन्नईयनसँग मनाङ मर्स्याङ्दी पराजित 

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३-२ ले पराजित भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले आक्रमक

एएफसी कपका लागि मनाङ मर्स्याङ्दीद्वारा खेलाडीको घोषणा

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लबले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।  लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको

एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने मनाङ मर्स्याङ्दीको दाबी

काठमाडौँ । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ– मर्स्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी


z