• २०८१ बैशाख १६ आइतबार

सहमतिपछि पोखरा महानगरको गेटको ताला खुल्यो

kharibot

पोखरा । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ ।

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

बुधबारको नगरसभा बैठकमा काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रातो किताब च्यातेका थिए ।

आफूहरूको मागका सम्बन्धमा महानगर प्रमुख मानबहादुर जिसीले बार्तामा बोलाएको र नसमेटिएका योजना समेट्ने सहमति भएपछि ताला खोलिएको वडा अध्यक्ष लामिछानेले बताए ।

महानगरले रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ जसमध्ये ३६ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा छुट्याइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै