इङल्याण्डका जासन रोयलाई आइसीसीको कारवाही

खरीबोट

काठमाडौँ । इङल्याण्डका ओपनर ब्याट्सम्यान जासन रोयलाई आइसीसीले कारवाही गरेको छ । अस्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा ६५ बलमा ८५ रन बनाएर आउट भएका आक्रामक ब्याट्सम्यान रोयलाई आइसीसीले खेल फिसको ३० प्रतिशत जरिवाना गरेको छ ।

आइसीसीका अनुसार रोयले आउट भएपछि खेलका एम्पायरसँग बहस गरेको आरोपमा कारवाही गरेको हो । आइसीसीले रोयले आइसीसीको खेलाडी कोड अफ कन्डक्टको आर्टिकल २.८ तोडेको आरोप लगाएको छ । रोयले आफ्नो गल्ति स्वीकार गरेकाले यसमा थप सुनुवाई नहुने आइसीसीले बताएको छ । साथै रोयले २ डीमेरिट अंक समेत पाएका छन् ।

आइसिसको आर्टिकल २.८ अनुसार लेभल १ र २ अनुसार सजाय हुने व्यवस्था रहेको छ । जस अनुसार उनलाई शतप्रतिशत खेल फिस जरिवाना र २ खेलसम्म प्रतिबन्ध लाग्ने सक्ने थियो । तर रोयले ३० प्रतिशत जरिवाना मात्रको सजाय पाएर प्रतिबन्धबाट भने अलिकतिले बचेका छन् ।

यस विश्वकपमा सात खेल खेलेका ओपनर रोयले इङल्याण्डलाई राम्रो सुरुवात दिएका छन् । रोयले ७ खेलका ६ इनिंगमा ४२६ रन बनाएका छन् । जसमा एक शतक र ४ अर्धशतक सामेल छन् ।

सम्बन्धित समाचार

विश्वकप फाइनलमा गल्ति भयो, तर मलाई पछुतो छैन - अम्पायर धर्मसेना

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनलका श्रीलंकाली अम्पायर कुमार धर्मसेनाले फाइनल खेलमा आफुले गरेको निर्णयबाट कुनै पछुतो नभएको बताएका छन् । श्रीलंकाको सन्डे टाइम्स सँग कुरा गर्दै धर्मसेनाले आफुले फाइनलको अन्तिम ओभरमा

क्रिकेट विश्वकपको सारांश : कुन रेकर्ड कसले बनाए ?

काठमाडौँ । ४६ दिनसम्म चलेको विश्वकप क्रिकेट इङल्याण्डलाई विजेता बनाउदै सकिएको छ । फाइनल खेल निकै विवादमा आएको भएपनि इङल्याण्ड विजेता बनेको छ भने अब क्रिकेटको यो महाकुम्भ अर्को चार बर्षको

जासन रोयको टेस्ट टिममा डेभ्यु, विश्वकपको प्रदर्शनको मिल्यो पुरस्कार !

काठमाडौँ । इङल्याण्डलाई ४४ बर्षको विश्वकपको इतिहासमा पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका ओपनर जासन रोयले टेस्ट टिममा डेभ्यु गर्ने भएका छन् । आयरल्याण्डविरुद्ध इङल्याण्डको एक टेस्ट खेलका लागि रोयलाई डेभ्यु

पाकिस्तानका प्रमुख छनौटकर्ता इन्जमाम उल हकद्वारा राजीनामा 

काठमाडौं  । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख छनौटकर्ता इन्जमाम उल हकले आफ्नो पदबाट राजीनामा दिएका छन् । इन्जमामले बुधबार पाकिस्तान क्रिकेटको प्रमुख छनौटकर्ताबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनको कार्यकाल यहि जुलाई


z