काठमाडौँ । नेपाली क्रिकेट टोलीले आज मलेसियासँग दोस्रो टी-२० खेल पनि जितेको छ ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछाएको मलेसिया २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन मात्र बनाएपछि खेल नेपालले ६ रनले जितेको हो ।
मलेसियाका लागि सयेद अजिजले सर्वाधिक ५० रन बनाएका थिए भने अमिनुद्दीन रामलीले २४, विरन्दीप सिंहले २३, अहमद फैजले १७ र शफिक शरिफले १० रन बनाएका थिए । त्यस्तै सर्भिन मुनियंडीले ९ रन बनाए भएन मुहमद स्याहदतले अविजित २१ रन बनाए ।
नेपाली बलर सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने अविनाश बोहोरा, करण केसी र कप्तान पारस खड्काले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।
नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ५१ रन बनाएका थिए । विनोदले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए ।
त्यस्तै शरद भेस्वाकरले २८ बलमा ४० रन बनाए ।
त्यस्तै कप्तान पारस खड्काले २३ रन बनाए भने करण केसीले १६ रन बनाएका थिए । त्यस्तै आज ओपनिङ गरेका पवन सराफ १० रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ७ र रोहित पौडेल १९ रन बनाएर आउट भएका थिए ।
मलेसियाका बलर फित्री शामले सर्वाधिक ३ विकेट लिएका थिए भने सयेद अजिज र सर्भिन मुनियंडीले एक एक विकेट लिएका थिए ।
२ खेलको टी-२० सिरिजमा नेपालले दुवै खेल जितेर २-० ले सिरिज जितेको छ ।