• २०८१ बैशाख १९ बुधबार

टेलिकमले इन्टरनेटको शुल्क नबढाउने

kharibot

काठमाडौँ । नेपाल टेलिकमले इन्टरनेटको शुल्क नबढाउने भएको छ ।

सरकारले साउन १ गतेदेखि लागुहुने गरि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको भए पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको जनाएको छ । 

टेलिकमले सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको जनाएको छ । 

सरकारले १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेर साउन एक गतेदेखि लागु गरेपछि केहि निजी इन्टरनेट सेवा प्रदायकले भने १३ प्रतिशत मुल्य बढाउने घोषणा गरेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै