काठमाडौँ । प्रि-सिजन टुर अन्तर्गत जापानमा रहेको स्पेनिस कल्ब बार्सिलोनाले राकुटेन कपको पहिलो खेलमा प्रिमियर लिग क्लब चेल्सीसँग हार बेहोरेको छ ।
मंगलबार भएको खेलमा चेल्सीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
चेल्सीको जितमा युवा खेलाडी टामी अब्राहीम र रोज बार्कलीले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि इभान राकीटिकले एक गोल गरेका थिए ।
पहिलो हाफमा एक गोल अग्रेको चेल्सीले दोस्रो हाफमा एक गोल र बार्सिलोनाले एक गोल गरेको थियो ।
यस खेलमा हालै बार्सिलोना क्लब आएका फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यानले बार्सिलोनाका लागि डेभ्यु गरेका छन् । पहिलो हाफ मात्र खेलेका ग्रीजम्यानले पहिलो खेलमा खासै प्रभाव भने छोड्न सकेनन् ।
यस टुरमा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसी, लुइस स्वरेज र फिलिप कोटीन्हो समावेश छैनन् भने चेल्सीका विलियन पनि समावेश छैनन् ।
अब बार्सिलोनाले दोस्रो खेल जापानको क्लब भिसेल कुबोसँग जुलाई २७ मा खेल्ने छ । भिसेल बार्सिलोनाका पुर्व खेलाडी आन्द्रे इनेष्टा खेल्ने क्लब हो ।