• २०८१ बैशाख १७ सोमबार

दुई सातादेखि सडक अवरुद्ध

kharibot

फाइल तस्विर । 

बेझाड / वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ । मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताए ।

“गाउँमा पहिरोको जोखिम बढेको छ, डर र त्रासका साथ घरमा बस्न बाध्य छौँ, अन्यत्र जाने ठाउँ पनि छैन”, सारुले भने । फोक्सिङकोटको ढुङ्गेमा गएको हप्ता वर्षाले एक पाडी र ११ कुखुरा मरेको थियो । कुखराको खोर र गोठमा भलसहितको पानी पसेपछि जोेखिम बढेको स्थानीय हुमहादुरले शाहीले बताए ।

वर्षाको भल पसेपछि गोठको गारो झ्याल भत्कने अवस्थामा पुगेको उनले बताए । वर्षाले फोक्सिङकोटको लाबेदेखि झोकेदी हँुदै सदरमुकाम तानसेन जाने सडक दुई सातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुन पुगेपछि गाउँमा खाद्यान्न अभाव सिर्जना हुन थालेको छ । बिरामी, अशक्त, अति आवश्यक कामकाजका लागि अस्पताल तथा गन्तव्यस्थलसम्म पुग्न सडक अवरुद्ध हुँदा समस्या परेको साना हुँगी माविका सहायक प्रधानाध्यापक एवत सारुले बताए ।

स्थानीयको सहभागितामा सडक कालोपत्रे रामपुरका स्थानीयको सहभागितामा सडक कालोपत्रे गर्ने काम सकिएको छ । करीब २०० उपभोक्ताको सहभागितामा रामपुर नगरपालिका–७ अन्तर्गत पर्ने कालीआँप आदर्शनगर सडकखण्डमा कालोपत्रे गर्ने काम सकिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाको पाँच वटा सडक कालोपत्रे योजनामध्ये काम सम्पन्न भएको यो मात्र एउटा योजना हो ।

स्थानीय उपभोक्ताको रु २७ लाख ८५ हजा र नगरपालिकाको रु ६५ लाख गरी कूल रु ९२ लाख ८५ हजारको लागतमा ९३० मिटर सडकको कालोपत्रे सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर शाहीले बताए । दैनिक सयौँको सङ्ख्यामा गाडी ओहोरदोहोर गर्ने यो सडक हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य हुँदा स्थानीयवासीले सास्तीले खेप्दै आइरहेको टकादेवी भट्टराईले बताए ।

“हिउँदमा धुलो उडेर घर बाहिर निस्केर बस्ने नसकिने, लुगा सुकायो पूरै धुलो टाँसिएर धोएको नधोइ हुन्थ्यो, हामी उपभोक्ताले रकम उठाएर सडक कालोपत्रे गरेपछि धुलो र हिलोबाट मुक्त भइएको छ”, उनले भने । नगरपालिकाको एक हजार १३५ मिटर सडक कालोपत्रे गर्ने योजना रहे पनि ९३० मिटरमा सम्झौता भएको काम सम्पन्न गरिएको र बाँकी २०५ मिटरका लागि आर्थिक वर्ष २०७६÷०७७ को नगर सभाले रु १४ लाख रकम विनियोजन गरेको वडा अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए ।

उपभोक्ताबाट केही रकम उठ्न बाँकी रहेकाले वित्तीय संस्थामा समितिको नाममा ऋण लिएर काम सम्पन्न गरिएको हो । दुवै भागमा नालीसहितको दश मिटर पक्की सडक निर्माण भएपछि आवजावतमा सहज भएको स्थानीय शोभा गौतम बताए । आर्थिक वर्ष २०७५÷०७६ मा कालीआँप आदर्शनगर कालोपत्रे सडकसँगै रामपुर नगरपालिका–६ स्थित दुर्गामन्दिर ठूलो आली तालपोखरा कौँवा पुच्छार सडकका लागी रु ६५ लाख, वडा नं ४ को भीमसेनटोल कालोपत्रे योजनाका लागि रु २५ लाखको नगरस्तरीय योजना परेको छ ।

यस्तै वडा नं ५ को बेझाड बजारस्थित गणेश क्षेत्रीको घरको भित्री सडकका लागि रु १२ लाख र तिवारी इञ्जिनीयरिङदेखि देवकोटा अफसेट प्रेससम्म सडक कालोपत्रेका लागि १३ लाख रकम नगरपालिकाले विनियोजन गरेको थियो । अहिले यी सडकको कालोपत्रेको काम भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै