• २०८१ बैशाख १७ सोमबार

बाराको समता स्कुललाई युवा व्यवसायीको सहयोग

kharibot

बारा । बाराको निजगढ स्थित समता स्कललाई फेरि सहयोग थपिएको छ । स्थानीय दुई युवा व्यवसायी र अर्का एक व्यक्तिले सहयोग गरेका हुन । 

निजगढका घरजग्गाका कारोबार गर्ने युवा व्यवसायी रमेश कुमार कार्कीले एक थान ब्रान्डेट कमप्युटर सहयोग प्रदान गरेका छन् । त्यसैगरि अर्का निर्माण व्यवसायी खड्ग राज मैनालीले एक थान फोटोकपी प्रिन्टर र एक थान हुन्डा कम्पनीको जेनेटर सहयोग प्रदान गरेका हुन् । 

साथै गुप्त रुपमा एक अर्का व्यक्तीले एक थान फोटोकपि प्रिनटर पनि सहयोग प्रदान गरेका छन् । शुक्रवार समता स्कुल निजगढको प्रगणमा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिका वडा नम्वर आठका वडा अध्यक्ष टेक बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग सामगृ हस्तातरण भएको छ ।

समता स्कुल निजगढका व्यवस्थापक उमेश सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाज सेवी खड्ग प्रसाद उप्रेती, युवा व्यवसायि रबि कुमार बर्तौला , समिर थोकर , स्थानीय सञ्चारकर्मी लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण स्कुलका प्रअ गणेश पोखरेलले गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै