काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) सहित चार जनालाई घुस रकम सहित पक्राउ गरेको छ ।
अख्तियारका अनुसार म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक), भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्माले कार्यालयबाट संचालीत विभिन्न कार्यक्रम वापतको पेशकी फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग एक लाख ३० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा निजहरूको कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिएको छ ।
अख्तियारले उनीहरुलाई अहिले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।