• २०८१ बैशाख १७ सोमबार

डिस्कभरी च्यानलको 'म्यान भर्सेस वाइल्ड' मा नरेन्द्र मोदी 

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको चर्चित टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' मा देखिने भएका छन् ।

उक्त शोका सञ्चालक बियर ग्रिल्सले सोमबार आफ्नो ट्वीटरमा यसको खुलासा गरेका हुन् । आगामी अगस्ट १२ तारिखमा उक्त भागको प्रशारण हुने ग्रिल्सले जानकारी दिएका छन् ।ग्रिल्स कठिन परिस्थितिमा बाँच्न सिकाउने विज्ञ तथा एड्भेन्‍चरर्रको चर्चित रहेका छन् ।

वन्यजन्तु र वातावरणीय परिवर्तन सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले उक्त शोमा मोदी देखा पर्न लागेका हुन् । यो इपिसोड भारतको उत्तरखाण्डमा रहेको जिम कोर्बेट राष्ट्रिय निकुञ्जमा छायांकन गरिएको हो ।

डिस्कोभरी च्यानलले उक्त इपिसोडको प्रोमो पनि निकालेको छ । इपिसोडमा वन्यजन्तु संरक्षण र वातवरणीय परिवर्तन सम्बन्धिका मुद्दाहरुलाई समावेश गरिने उल्लेख छ । विश्वका १८० वटा देशमा विभिन्न ५ वटा भाषामा उक्त एपिसोड एकसाथ देखाइने बताइएको छ ।

बियर ग्रिल्सले यसअघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई पनि आफ्नो एक शोमा सहभागिता गराएका थिए ।

कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' को प्रोमो :


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय