• २०८१ बैशाख १७ सोमबार

वाइन रुनी इङल्याण्डको क्लबमा फर्किए

kharibot

काठमाडौँ । वाइन रुनी इङल्याण्ड फर्किएका छन् ।

एक सिजन अमेरिकन मेजर सकर लिग एमएलएस) मा डिसी युनाइटेडबाट खेलेका रुनी इङल्याण्डको च्याम्पियन्सिप क्लब डर्बी काउन्टीमा खेलाडी र प्रशिक्षकको भूमिकामा फर्किएका हुन् । 

डर्बीले रुनीले क्लबमा १८ महिनाको लागि साइन गरेको जानकारी दिएको छ । रुनी आगामी जनवरीदेखि डर्बीबाट खेल्ने बताइएको छ । ३३ बर्षिय रुनी डर्बीमा खेलाडी कम प्रशिक्षकको भूमिकामा हुने बताइएको छ ।  

रुनी म्यानचेस्टर युनाइटेडका लागि ५५९ खेल खेल्दै २५३ गोल गरेका छन् । युनाइटेडबाट खेल्दै रुनीले ५ प्र्मिय्र लिग उपाधिसहित कुल १३ ट्रफी जितेका थिए ।

रुनी युनाइटेडले सं २००७/८ मा च्याम्पियन्स लिग र २०१६/१७ मा युरोपा लिग जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । त्यस्तै रुनीले एमएसएल लिगमा डिसीका लागि ४२ खेलमा २३ गोल गरेका थिए ।

त्यस्तै रुनी इङल्याण्डको राष्ट्रिय टिमका लागि १२० खेल खेल्दै ५३ गोल गरेका छन् । रुनी इङल्यान्डका लागि अहिलेसम्म धेरै खेल खेल्ने खेलाडी समेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै