• २०८१ बैशाख १७ सोमबार

फिफाको 'द बेस्ट' को अन्तिम तीनमा मेसी, एम्बाप्पे र हालाण्ड

kharibot

काठमाडौँ । फिफाको यस बर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट' को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिएको छ । जसमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी रहेका छन् । फिफाले हरेक बर्ष प्रदान गर्ने द बेस्टको उपाधि यस बर्ष आगामी जनवरी १५ मा प्रदान गरिदै छ ।

फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

शुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरुको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाएको छ ।

यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जितेका थिए ।

हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताएका थिए ।

त्यस्तै किलियन एम्बाप्पेले पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएका थिए ।

त्यस्तै २०२२ को द बेस्ट अवार्ड समेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै