• २०८१ बैशाख १६ आइतबार

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

kharibot

झापा । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

आज बिहान विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय ९७, ८ र ९०मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि सो समूहले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार वडा कार्यालयमा बम  विष्फोट गराउने समूहको खोजी भइरहेको छ । वडा कार्यालयमा  प्रेसरकुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै