यु–१८ साफ च्याम्पियनका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

खरीबोट

काठमाडौँ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रशिक्षणमा रहेका ४६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

प्रशिक्षणमा आएका ४६ खेलाडीमध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका हुन् । साफ यु–१८ फुटबल च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म हुनेछ ।

छनोट हुने खेलाडीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना छन् । त्यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बू र एन्जल महर्जन छन् ।

मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा छन् । त्यसैगरी स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डांगी छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स र भूटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।   
 

सम्बन्धित समाचार

यु–१८ साफ च्याम्पियनका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

काठमाडौँ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रशिक्षणमा रहेका ४६

भारतलाई पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जित्यो 

काठमाडौँ।  साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ।  शनिबार भएको फाइनलमा माल्दिभ्सले भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै साफको उपाधि जितेको हो।  माल्दिभ्सको जितमा इब्राहिम महुधे हुसैन र अली फासिरले गोल गरेका

साफ च्याम्पियनसिप उपाधिको लागि भारत र माल्दिभ्सको भिडन्त आज

काठमाडौँ। साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज सात पटकको च्याम्पियन भारत र माल्दिभ्स एक आपसमा भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार साँझ नेपाली समयअनुसार पौने ७ बजेदेखि फाइनल खेल

बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा 

काठमाडौँ।  बंगलादेशमा जारी साफ च्याम्पियनसीपमा नेपाल समुह ए बाट सेमिफाइनलमा पुगेको छ। शनिबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।  नेपालले बंगलादेशविरुद्ध २-० को


z