• २०८१ बैशाख १५ शनिबार

श्रीलंकाको न्युजील्याण्डमाथि पहिलो इनिंगमा झिनो अग्रता

kharibot

काठमाडौँ । श्रीलंकाले न्युजील्याण्डमाथि पहिलो इनिंगमा १८ रनको अग्रता लिएको छ । खेलको तेस्रो दिन श्रीलंका पहिलो इनिंगमा २६७ रनमा अल आउट भएपछि न्युजील्याण्डमाथि १८ रनको अग्रता हासिल गरेको हो ।

श्रीलंकाका लागि निरोशन डिकवेलाले सर्वाधिक ६१ रन बनाएका थिए । त्यस्तै कुसल मेन्डिजले ५३ रङ बनाए भने एन्जोलो म्याथ्युजले ५० रन बनाएका थिए ।

त्यस्तै डिमुथ करुणारत्नेले ३९ र सुरंगा लकमलले ४० रन बनाएका थिए ।

न्युजील्याण्डका बलर एजाज पटेलले सर्वाधिक ५ विकेट लिए भने विलियम सोमेरभिलले ३ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।    

पहिलो दिन बर्षाले प्रभावित खेलमा न्युजील्याण्डले २०३ रन बनाएकोमा दोस्रो दिन थप ४६ रन बनाउदा सबै विकेट गुमाएको छ ।

यस अघि न्युजील्याण्ड पहिलो इनिंगमा २४९ रन बनाएर अल आउट भएको थियो । जसमा न्युजील्याण्डका रोज टेलर ८६ रन बनाएर आउट भए भने हेनरी निकोल्सले ४२ रन बनाएर आउट भए भने जीत रावलले ३३ र टम लाथमले ३० रन बनाएर आउट भए । 

त्यस्तै श्रीलंकाका बलर अकिला धनन्जयले ५ विकेट लिए भने सुरंगा लकमलले ४ विकेट लिएका थिए ।

अहिले श्रीलंकाले आफ्नो दोस्रो इनिंग ब्याटिंग गरिरहेको  छ ।     

श्रीलंका भ्रमणमा रहेको न्युजील्याण्डले टेस्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध २ टेस्ट  र तीन टी-२० खेल खेल्ने छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै