काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजक लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन् ।
बैठक साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गठनको प्रक्रिया पुरा गर्ने बारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
आइतबार संसदमा सम्बोधनको क्रममा पनि प्रधानमन्त्री ओलीले यसै साता आयोग गठन हुने बताएका थिए । आयोग गत फागुनदेखि पदाधिकारीबिहीन रहेका छन् ।
साथै बैठकमा प्रधानमन्त्री ओलीले सिंगापुर भ्रमण र आफ्नो स्वास्थ्य अवस्था बारेपनि जानकारी गराउने बताइएको छ ।