• २०८१ बैशाख १७ सोमबार

सिंहदरबारभित्र कर्मचारीले गरे आत्महत्या !

kharibot

काठमाडौं । राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेका छन् । 

कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ । कीर्तिपुरको टौदह घर हिजो बेलुकै विष पिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ । प्रहरीले अहिले उनको शव भएको स्थानमा मुचुल्का उठाइरहेको छ । आत्महत्या गर्नुको कारणबारे केही पनि खुलेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै