• २०८१ बैशाख १५ शनिबार

फ्र्यांक रिबेरी सिरी ए क्लब फिओरेनटिनाबाट खेल्ने 

kharibot

काठमाडौँ । फ्रान्सका पुर्व भेट्रान स्ट्राइकर फ्र्यांक रिबेरी इटालीको सिरी ए क्लब फिओरेनटिनाबाट खेल्ने भएका छन् ।

गत सिजनको अन्त्यसँगै जर्मनी क्लब बायर्न म्युनिखसँग सम्झौता सकिएपछि बाहिरिएका रिबेरीले सिरी ए मा आफ्नो नयाँ क्यारियर सुरु गर्न लागेका हुन् ।

रिबेरीले फिओरेनटीनासँग २०२१ को जुनसम्म सम्झौता गर्ने भएका छन् । यसै साता मेडिकल गरेर रिबेरीलाई भित्र्याएको घोषणा गर्ने तयारीमा फिओरेनटीना रहेको मिडिया रिपोर्टमा बताइएको छ ।        

३६ बर्षिय स्ट्राइकर रिबेरीलाई बार्षिक ३.६ मिलियन डलर दिने गरि फिओरेनटीनाले सेन गर्ने तयारी गरेको हो । रिबेरीले नयाँ क्लबमा जाने बारे आफु नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् ।

२००७ देखि २०१९ को जुलाईसम्म बायर्नका लागि खेलेका रिबेरीले बायर्नका लागि कुल २१ उपाधि जितेका छन् । यस अवधिमा कुल ८ बुनडेसलिगा उपाधि र एक च्याम्पियन्स लिग उपाधि प्रमुख रहेका छन् ।

त्यस्तै रिबेरीले फ्रान्सको राष्ट्रिय टिमका लागि ८१ खेल खेल्दै १६ गोल गरेका छन् । उनी सन् २००६ को विश्वकपमा फ्रान्स उपविजेता हुदा टिमका प्रमुख खेलाडी थिए ।               
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय