• २०८१ बैशाख १५ शनिबार

रहाने र राहुलले भारतलाई पहिलो दिन बचाए

kharibot

काठमाडौँ । वेस्टइन्डिज र भारतबीच शुरु भएको पहिलो टेस्टमा पहिलो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाउदै २०३ रन बनाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो । भारतले सुरुका तीन विकेट छिटै गुमाउदा दबाबमा आएको थियो ।

ओपनर मयंक अग्रवाल ५ रन, चैतेश्वर पुजारा २ रन र कप्तान विराट कोहली ९ रन बनाएर आउट भएपछि टिमको २५ रन हुदा तिन प्रमुख ब्याट्सम्यान आउट भएका थिए ।

तर अर्का ओपनर केएल राहुल र आजिख्य रहानेले सम्हालिएर खेल्दै भारतलाई बचाएका थिए । राहुल ४४ रन बनाएर आउट भए भने रहानेले ८१ रनको पारी खेलेका थिए । त्यस्तै अर्का खेलाडी हनुमा विहारीले ३२ रन बनाएका थिए ।

अहिले रिषव पन्त २० रन र रविन्द्र जडेजा ३ रन बनाएर खेलिरहेका छन् ।

वेस्टइन्डिजका लागि केमोर रोचले सर्वाधिक ३ विकेट लिएका थिए भने शानोन गाब्रियलले २ विकेट लिए । त्यस्तै रोस्टन चेजले एक विकेट लिएका थिए ।

यस खेलमा भारतका अनुभवी बलर आर आश्विन र रोहित शर्मालाई अवसर दिइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै