• २०८१ बैशाख २१ शुक्रबार

महिला अन्तरिक्षयात्रीमाथि अन्तरिक्षमै अपराध गरेको आरोप 

kharibot

अमेरिका । पृथ्वीमा त दिनहुँ लाखौंको संख्यामा अपराधका मुद्दा दर्ता हुने गरेका छन् । तर, अब अन्तरिक्षमा पनि साइबर अपराध हुन थालेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा समेत अपराध भएको र यसको छानबिन क्रम चलिरहेको बताएको छ । यसरी अन्तरिक्षयात्रीमा अपराध गरेकोमा मुद्दा नै दर्ता भएको यो पहिलोपटक हो  ।

अन्तरिक्षयात्री एनी म्याकलेनमाथि साइबर अपराध गरेको आरोप लागेको हो । आफ्नो ६ महिनाको अन्तरिक्ष बसाइमा उनले आफ्नी पत्नी समर वर्डनको खाताको जानकारी लिएकी थिइन् । न्यूयोर्क टाइम्सका अनुसार एनी म्यिालेन अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिनाका लागि काममा थिइन् । त्यही बेला नै उनले आफ्नी पत्नीको बैंक खाताबारे जानकारी लिएकी हुन् । नासाले आरोपबारे छानबिनका क्रममा सोध्दा उनले कुनै पनि गलत कदम नउठाएको बताइन् । उनले केवल परिवारको आर्थिक स्थितिको जानकारी लिन चाहेको बताइन् । 

एनीले वर्डनसँग सन् २०१४ मा समलिंगी विवाह गरेकी थिइन् । एनीले सन् २०१७ मा आधिकारिक रुपमा समरका छोरालाई आफ्नो छोरा स्वीकार गरेकी थिइन् । उनका अनुसार समर खर्चमा निकै लापरवाह थिइन् ।

 

समर छोराको स्कुलफी तिर्ने कुरामा समेत लापरवाह थिइन् । त्यसैले परिवारको आर्थिक अवस्थाबारे जानकारी लिन मात्रै अकाउन्ट चेक गरेको एनीको भनाइ छ । उनीहरुको विवाह हुँदा नै यस विषयले निकै चर्चा पाएको थियो ।

\नासाले हाल एनीलाई अल फिमेल स्पेसवाक कार्यक्रमबाट निकालेको छ । नासाले उनीमाथि लागेको आरोपका कारण नभई स्थानको कमीका कारण उनलाई हटाइएको बताएको छ । 

\अन्तरिक्षमा अपराध गरे पनि कानून निर्धारित 

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पाँच राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्पेस एजेन्सीहरुको संयुक्त एकाइ हो । आईएसएसमा अमेरिका, क्यानडा, जापान, रुस र अन्य युरोपेली देश संलग्न छन् । आईएसएसमा यदि कुनै पनि अन्तरिक्ष यात्रीले अपराध गरेमा उनलाई पनि उनको देशको कानूनअनुसार नियम लाग्ने बताइएको छ । यो सबैलाइै लागू हुनेमा पनि जोड दिइएको छ् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै