• २०८१ बैशाख १७ सोमबार

बर्दियामा मान्छे मार्ने एक बाघ नियन्त्रणमा

kharibot

बर्दिया(ठाकुरबाबा) । आईतबार बिहान घरमा बंगुरलाई दाना दिइरहेको अवस्थामा पहरिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो । 

थारुलाई आक्रमण गर्ने बाघलाई अथक प्रयास पछि आज सोमबार बिहान ८ बजेर १८ मिनेट जादा बेहोस गराउने डाट हानेर नियन्त्रणमा लिइएको जानकारी बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन असोक भण्डारीले बताए । 

हिजो बिहान देखि नै बाघ बजार तिरै छ भन्ने खबर त्रासदि रहेको बर्दियाको ठाकुरबाबा नगरपालिका १ स्थित भुरिगाँउ बजार बाघ नियन्त्रणमा आएको खबरले अहिले चहलपहल बढेको छ । 

नियन्त्रणमा लिइएको बाघको अवस्था एकदमै नाजुक रहेको भण्डारीले भने । "बाघ करिब १५ बर्ष जतिको भैसकेको र बाघहरु एक आपसमा जुध्दा यो बाघको शरीर भरि घाउहरु धेरै देखिएको छ" उनले भने ।

एक आपसमा जुध्दा भएको घाउ पाकिसकेकोले बाघको अवस्था एक दमै नाजुक रहेको समेत उनले भने । 

बाघ धेरै बुढो भएको र खान नपाएर जंगल बाहिर गाउँ तिर मान्छेलाई आक्रमण गरेको हुन सक्ने समेत उनले जानकारी दिए ।

अबका दिनमा पनि बाघबाट हुन सक्ने आक्रमणबाट बच्नका लागि जंगल छेउमा बस्ने स्थानीयहरुले बाघको संख्या बढेसंगै अझै बढि सजगता अपनाउनु पर्ने समेत भण्डारीले बताए ।

बाघको संख्या बढेसँगै मानव र वन्यजन्तुका बिचमा द्वन्द्व कम गर्नका लागि स्थानीयहरुमा जनचेतना मुलक कार्यक्रम गरिने उनले भने ।

बिहिवार पनि पाटे बाघ कै आक्रमण‌बाट एक महिलाको मृत्यु भएको थियो । 

४ दिनमा आक्रमण गरि बाघले २ जनालाई आफ्नो शिकार बनाइसकेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै