• २०८१ बैशाख १४ शुक्रबार

श्रीलंकामाथि न्युजील्याण्डको फराकिलो जित, सिरिज बराबरी

kharibot

काठमाडौँ । न्युजील्याण्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट एक इनिंग र ६५ रनले जितेको छ । न्युजील्याण्डले टेस्टको पाँचौ दिन श्रीलंकालाई दोस्रो इनिंगमा १२२ रनमा अल आउट गर्दै टेस्ट जितेर सिरिज बराबरी गरेको हो ।

यस अघि न्युजील्याण्डले टम लोथामको १५४ र बिजे वाटलिंगको १०५ रनको शतकीय पारीको मद्धतले ६ विकेट गुमाउदै ४३१ रन बनाउदै इनिंग घोषणा गरेको थियो ।

दोस्रो इनिंग ब्याटिंग गर्न आएको घरेलु टोलि १२२ रन बनाउदा अल आउट भयो । श्रीलंकाका अलागी निरोशन डिकवेलाले सर्वाधिक ५१ रन बनाए भने कप्तान डिमुथ करुणारत्नेले २१ र कुसल मेन्डिसले २० रन बनाए ।

न्युजील्याण्डका ट्रेन्ट बोल्ट, टीम साउथी, एजाज पटेल र विलियम सोमरभिलले २-२ विकेट लिएका थिए भने ग्रान्डहोमले एक विकेट लिए ।

यसरी २ खेलको सिरिजमा दुवै टिमले १-१ खेल जितेर सिरिज बराबरी गरेका छन् । न्युजील्याण्डका टम लाथम खेलको प्लेयर अफ द म्याच बने भने बिजे वाटलिंग प्लेयर अफ द सिरिज बने ।

श्रीलंका भ्रमणमा रहेको न्युजील्याण्डले अब तीन खेलको टी-२० सिरिज खेल्ने छ । टी-२० को पहिलो खेल सेप्टेम्बर एक मा हुने छ ।                                       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै