• २०८१ बैशाख १७ सोमबार

नाडा अटो शोमा टोयोटाका हाइब्रीड मोडलहरु लन्च

kharibot

काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालका लागि टोयोटा मोटर्सको एकमात्र आधिकारीक डिस्ट्रीब्युटरले नाडा अटो शो २०१९ मा दुइवटा हाइब्रीड मोडलहरु र्याभ फो हाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । 

टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्छ ।

हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रीक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा  चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन स इ.भी. मोड जसमा ब्याट्री मात्र खपत भइ शुन्य इमीसन हुन्छ , इ.को. मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा  गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।

नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता  नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल(भीयससी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टीआरसी )का साथ,  अञ्टीलक ब्रेकिङ सिस्टम ( एबीयस),  इमेर्जेन्सी सिग्नल सिस्टम ( इयसयस ) का साथ हुनुका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोल (याचएसि)को प्रबन्ध पनि रहेको छ । बजारमा यस सवारीको मुल्य एक करोड ३४ लाख रुपैँया रहेको छ ।  

यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड, स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन । ब्याट्रीको लागि प्लगड (इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल (भीयससी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टीआरसी )का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( एबीयस),  इमेर्जेन्सी सिग्नल सिस्टम ( इएसएस) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मुल्य एक करोड ३१ लाख रुपैँया रहेको छ ।  
         

         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै