• २०८१ बैशाख १६ आइतबार

डिला संग्रौलाको प्रश्न - डेंगु नियन्त्रणका लागि सेना परिचालन ?

kharibot

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौलाले डेंगु नियन्त्रणका लागि सेना परिचालन गर्ने विषयमा संसदमा ध्यानाकर्षण गराएकी छन् ।

संग्रौलाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डेंगु नियन्णमा सरकारले सुरुवातदेखि नै ध्यान दिन नदिएको आरोप लगाउदै अहिलेसम्म डेंगु रोगका कारण ४ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै उनले संक्रमण न्यूनीकरण गर्नुको सट्टा स्वास्थ्यमन्त्री आफैंले सेना परिचालनको कुरा गर्नु ठीक नभएको बताइन् ।

उनले भनिन्, 'डेंगु संक्रमण नरोकेर स्वास्थ्यमन्त्रीले डेंगुको नियन्त्रणका लागि सेना परिचालन गर्ने हो कि भन्ने भनाइ आउँछ, किन यस्तो भनाइ आएको छ?'

अस्पतालमा उपचार गराउने र घरमा बस्नेको संख्या एकिन नभएको बेला यसबारे सरकारले गम्भीर ध्यान दिनुपर्ने संग्रौलाको भनाइ थियो ।

उनले भनिन्, 'यस्तो भयाभह अवस्थामा डेंगुको संक्रमणले जनता अक्रान्त हुदा पनि सरकार यसको प्रकोपको प्रभावकारी नियन्त्रणमा जुटेको पाइदैन किन ? डेंगुको संक्रमण देशैभरि पैmलिरहदा सरकार भने औलो नियन्त्रणको उपायखोज्न वैठक गर्दै छ  किन ? आजको आवश्यकता डेंगुको नियन्त्रणको लागि वैठक हुनु पर्ने हो । त्यसैले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न आग्रह गर्दछु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै