काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत सिराहाका हलुका सवारी चालक बृज मोहन यादवलाई घुससहित पक्राउ गरेको छ ।
ड्राइभर यादवले अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग एक लाख १० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा सिराहा नगरपालिका वडा नं.-७ हस्पिटल चोक स्थित खडग होटलबाट रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।