• २०८१ बैशाख १५ शनिबार

क्रिकेट संघ बारे नयाँ सहमति : निर्वाचन असोज १० र ११ गते काठमाडौंमा हुने

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघको निर्वाचनको नयाँ मिती तोकिएको छ । यसअघि असोज ३ र ४ गते हुने भनिएको क्यानको निर्वाचन असोज १० र ११ गते काठमाडौंमा हुने भएको छ ।

आइसीसीबाट आएका उस्मान ख्वाजा र अमर शेखसँगको छलफलपछि निर्वाचन काठमाडौंमा गर्ने निर्णय गरिएको हो ।

आइसीसीका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र स्वतन्त्र समितीका पदाधिकारी विच भएको छलफल पछि नयाँ मिती तय गरिएको हो । यसअघि जिल्ला प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितीले असोत तीन र चार गतेका लागि केन्द्रिय निर्वाचन तोकेको थियो ।

तर त्यसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले असन्तुष्टी जनाएका थिए । आफुलाई जानकारी नै नगरी निर्वाचन तोक्न नपाईने भन्दै सिलवाल रुष्ट भएपछि तीन र चार गते हुने भनिएको क्यानको निर्वाचन अन्योल बनेको थियो ।

यसका साथै निर्वाचनमा आइसीसी र परिषद्को संलग्नतामा हुने सहमति भएको छ । यसअघि स्वतन्त्र समितीले निर्वाचन गराउने प्रावधान विधानमा भएपनि सिलवालले परिषदले नै निर्वाचन कमिटी बनाउनु पर्ने भन्दै आफ्नो दावी गरेका थिए ।

अक्टोबरमा हुने आइसीसीको क्वाटर बैठकमा क्यानको निलम्बनको फुकुवाको बाटो खेल्ने भएको छ । अब क्यानको निर्वाचन भएपछि यसलाई परिषद्ले मान्यता दिएर आइसीसीलाई पठाउने छ । त्यसपछि नेपालको निलम्बनको फुकुवाको बाटो आधिकारीक रुपमा अगाडी बढ्ने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय