• २०८१ बैशाख १५ शनिबार

नेपाल आइडल-३ को अडिसन पोखराबाट सुरु

kharibot

पोखरा । गायन रियालीटी शो नेपाल आइडल-३ को अडिसन मंगलबार पोखराबाट सुरु भएको छ ।

एपीवान एचडीबाट प्रशारण हुँदै आएको चर्चित रियालिटी शो नेपाल आइडलको अडिसन पोखरापछि असोज ३ गते बुटलवमा, असोज ६ गते नेपालगञ्जमा, असोज १० गते वीरगन्ज, १४ गते विर्तामोडमा हुने आयोजकले बताएका छन् । कात्तिक ६ गते काठमाण्डौंमा अडिसन भए संगै अडिसनको कार्यक्रम सकिने छ ।

१६ वर्ष देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउँने नियम अनुसार युवायुवती अडिसनका लागि सहभागी हुन आएका थिए । कार्यक्रमलाई अझ राम्रो बनाउदै लैजाने कार्यक्रमका निर्देशक लोकेश ब्रजार्चायले बताए ।

पोखराको सिमलचौर स्थित जनप्रिय माविमा मंगलबार भएको अडिसनमा सहभागी लिन आएका गण्डकी प्रदेशका युवाहरुले अडिसन अघि सडक, पसल र चोकमा गिटार बजाएर गित गाउँदा पोखरा संगीतमय बनेको थियो ।

उनीहरुलाई उत्साह थप गर्न नेपाल आइडल सिजन २ मा दोस्रो हुन सफल विक्रम बराल पनि अडिसन स्थलमा आएका थिए । उनले सहभागीलाई ढुक्क भएर गाउन सुझाब दिए । झरिमा भिज्दै पनि अडिसन दिनका लागि करिब ५ सय जना आएका थिए ।

नेपाल आइडल सिजन-३ को निर्णयकमा संगीतकार न्यह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाल बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् ।

अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेपाल आइडल सिजन-३ को बजार ब्यबस्थापनको जिम्मेवारी भने एड प्याड र टेलिजेन्जले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै