• २०८१ बैशाख १५ शनिबार

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

kharibot

फाइल तस्वीर

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । पीडितलाई रु ५० हजार क्षपिूर्तिसमेत दिनसमेत योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ । 

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई रु ५० हजार क्षपिूर्ति भराउन फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिए ।
 
मुद्दा जिल्ला अदालमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा विसं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै