• २०८१ बैशाख १७ सोमबार

साफ यू-१८ फुटबल च्यापियनसिप : बंगलादेश सेमिफाइनलमा

kharibot

काठमाडौँ । बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आज भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनल पुगेको हो ।  

खेल अवधिभर दुवै टोलीले गोल गर्ने थुपै्र अवसर खेर फालेका थिए । समूह ‘बी’मा रहेको बङ्गलादेशले दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनल पुगेको हो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराएको थियो । भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

बराबरीसँगै भारतले एक अङ्क जोडेको छ । भारतले बुधबार श्रीलङ्कासँग खेल्नेछ । सो प्रतियोगिताअन्तर्गत मङ्गलबार समूह ‘ए’ मा रहेका भूटान र माल्दिभ्सबीच खेल हुनेछ ।

उक्त खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । भूटानले माल्दिभ्सलाई चार गोलभन्दा बढी अन्तरले पराजित गरेमा मात्र नेपाल सेमिफाइनल पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै