परीक्षाको तयारी कसरी गर्ने ?

खरीबोट

फाइल तस्बीर

परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । बाँच्नको लागि एउटा गतिलो आधार हो-परीक्षा । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ । जीवन नै परीक्षा नै परीक्षा भएकोले हर क्षण उत्तर आवश्यक छ । प्रतियोगितात्मक सेवा आयोगको परीक्षा होस् वा लाइसेन्सको वा बिद्यालयको वा बिश्वबिद्यालय कै परीक्षा किन नहोस परीक्षार्थीको बिषयबस्तुको गहिरो ज्ञान र प्रश्नको उत्तर लेख्ने सीप, शैली तथा कौशल उच्च स्तरको भएमात्र उत्कृष्ट नतिजा ल्याउन सफलता मिल्ने हो ।

तसर्थ परीक्षामा सफलता प्राप्त गर्न निम्न लिखित कुराहरुको ज्ञान र सीप बिकास गर्नु र ध्यान दिनु बान्छ्निय हुन्छ :

क) विषयवस्तुको ज्ञान
ख) समयको व्यवस्थापन
ग) आकर्षक र ठोस उत्तर दिने कौशल
घ) प्रश्नको अर्थ र आशय अनुसार उत्तर दिने
ङ) शारीरिक तथा मनोबैज्ञानिक तयारी
च) परीक्षाहलमा अपनाउनुपर्ने सावधानीहरु

(क) विषयवस्तुको ज्ञान :

बिषयबस्तुको नियमित रुपले गहिरो र विस्तृत अध्ययन गरि ज्ञान हासिल गर्ने जसको लागि मूल स्रोतको संकलन, अध्ययन र विश्लेषण गर्नुपर्छ । अध्ययन बिषयको महत्त्वपूर्ण बुदाँ, तथ्य, तथ्यांक, प्रमाणहरुको टिपोट गर्नुपर्छ । यस अन्तर्गत निम्न अनुसार आफूलाई तयारी गर्ने गर्नुपर्छ:

•आफूलाई कसरी पढ्दा आउँछ त्यही तरिका पछ्याँउने।
•महत्वपूर्ण बुँदा टिपोट गर्ने र याद गर्ने,
•हरेक अनुच्छेदमाा एक वा दुई मुख्य बुँदा हुन्छन् –   यसको पहिचान गर्ने टिपोट गर्ने र याद गर्ने अनि पटक पटक स्मरण गर्ने,
•पाठ्यक्रमका समसामायीक कुराहरु, बुँदाहरु,
तथ्यहरु, आकर्षक वाक्यहरु याद गर्ने, लेख्ने,ओजपूर्ण शब्दहरु, प्रक्रियाहरु र खास भन्न खोजिएको कुरा स्मरण गर्ने पटक पटक अध्ययन गर्ने,
•नयाँ कुराहरुको अध्ययन र विश्लेषण गर्ने,
•तर्क, तथ्य र तथ्यांकहरुको स्मरण गर्ने,
•परिभाषा, उद्देश्य, महत्व, प्रक्रिया वा चरण,
योगदान, कार्य निश्कर्ष आदिको राम्रो अध्ययन
गरी स्मरण गर्ने,
•याद गरेको महत्वपूर्ण तथ्य, परिभाषा वा
भनाईलाई सिकाई स्थानान्तरण मार्फत संगठन गर्ने,
•आफूले जानेको कुरा साथिहरुलाई भन्ने,
•विषयवस्तुको बहुभाषिक अध्ययनबाट प्राप्त, ज्ञानलाई समसामयिक परिवेषको सन्दर्भमा, समायोजन र समावेश हुनेगरी सरल भाषामा उत्तर दिन तयारी गर्ने ,
•परम्परागत प्रश्नको सोझो उत्तर भन्दा नवप्रवर्तन खालको तर्कपूर्ण मौलिक उत्तरको तयारी गर्ने,
•नमुना प्रश्नहरुको मौलिक र रचनात्मक उत्तर तयार गर्न प्रशस्त अभ्यास गर्ने,
•अध्ययनमा नियमित रुपले बिच बिचमा ब्रेक लिने।

लेखक : प्रकाश पाण्डे

(ख) समयको व्यवस्थापन :

• समयको उचित व्यवस्थापन गरि अध्ययन गर्ने,
•खासगरी बेलुका पढ्ने र बिहान स्मरण गर्ने,
•प्रश्नको संख्या, अंकभार तथा तोकिएको समयलाई विभाजन गर्ने,
•बस्तुगत तथा बिषयगतको लागि समय कति कति मिनेट हुन आउँछ उक्त कुरा निर्धारण गर्ने,
•यदि कुनै एउटा बस्तुगत /बहुबैकल्पिक प्रश्नको उत्तरमा १ मिनेट भन्दा बढी लाग्ने भए अर्को प्रश्नमा जाने र पछि पुनः हेर्ने,
• पुनरावलोकनको लागि आवश्यक समय छुटटयाउने ।

ग) आकर्षक र ठोस उत्तर दिने कौशल:

उत्तर दिने उत्तम कौशलको बिकास गरी परीक्षार्थी परीक्षा दिन तयार हुनुपर्छ।जसको लागि तपशिल अनुसारको तयारी कौशलको बिकास गर्नुपर्छ।

•प्रश्नको निर्देशनलाई ख्याल गर्ने र राम्रो पढेर बुझ्ने र उत्तर दिने,
•के सोधेको हो थाहा पाउने र सोही अनुसार कार्य गर्ने,
•प्रश्नहरु कतिओटा जोडिएका छन् हेर्ने र ति हरेक उपप्रश्नहरुको जवाफ दिंदा हरेको लागि अनुच्छेद छुट्टा छुट्टै लेख्ने,
•उत्तरको सुन्दर सुरुवात गर्न ओजिला, गहकिला र मौलिक खास वाक्यबाट सुरु गर्ने,
•प्रश्नमा प्रयोग गरिएका कार्यात्मक क्रियाहरु ले माँगेको कुरा के छ ख्याल गर्ने जस्तैः व्यख्या गर, विश्लेषण गर आदि,
•प्रश्नको अंकभारमा उत्तरको लम्बाईमा भर पर्छ भन्ने बुझ्ने,
•१० पूर्णाङ्कको प्रश्न भए कुनै १० प्रमुख बिषयमा वर्णन गर्ने वा लेख्ने भनेर बुझ्ने,
•उत्तरहरु सकेसम्म बुँदागत रुपमा दिने,
•उत्तरको सुरुमा आकर्षक वाक्य लेख्ने,
•लेखनशैली र संगठनलाई ध्यान दिने,
•वाक्य वाक्यहरुको सम्बन्धलाई स्थापित गर्ने गरी पदगठन, वाक्य गठन र क्रमबद्धता कायम गर्ने,
•अनुच्छेदमा तर्क, तथ्यांक, मुख्य बुँदा र त्यसको पुष्टि गर्ने गरी प्रश्नले माँगेको गहकिलो र सटिक उत्तर दिने,
•हरेक प्रश्नहरुको उत्तरमा उत्तरलाई समेटने गरी निष्कर्ष दिने,
•अरुको भन्दा अलग र सर्वोतकृष्ट उत्तर दिन चित्रात्मक, ग्राफिक,चार्ट,तालिका, अवधारणात्मक रुपले स्पष्ट हुने र लेख्ने,
•विशिष्ट तथा मौलिक शैलि उपयोग गर्ने र त्यसको लागि व्यापक तयारी गर्ने,
•तयारी अभ्यास र असरको नियमलाई हुवहु प्रयोग गर्ने,
•सम्भावित प्रश्नहरुको उत्तरलाई स्वयम् लेखी परीक्षण गर्ने र कमी कमजोरीहरुलाई सुधार गर्ने,
•विषय अनुसारको अवधारणालाई महत्व दिई पढ्ने
•विज्ञका उत्तरहरुका नमुना र ढाँचा हेरी शैलीको अध्ययन गर्ने,
•उत्तर वा प्रश्नको अध्ययन गर्ने, पुनरावलोकन गर्ने,
•वेवसाईट मार्फत नयाँ नयाँ ज्ञानको खोज गरी लेख्ने, आफु भन्दा राम्रो तयारी गरेका साथिहरु सँग छलफल गर्ने,
•सिधा र सरल जवाफ दिने अनावश्यक गन्थन नलेख्ने,
•प्रश्नको उत्तर दिदा उत्तानो सोली वा उल्टो पिरामिडको लेखन शैली अपनाउने,
•अर्थ,परिभाषा, प्रक्रिया र  निष्कर्ष दिने,
•बहु बैकल्पिक उत्तरमा निर्देशन अनुसार चिन्ह लगाउने
•माथिका सबै उत्तरहरु प्रायः सही हुन्, कुनै पनि होईन भन्ने उत्तर प्रायः  गलत हुन्छ  हेर्ने,
•दोहोरो नाकारात्मक प्रश्नले झुक्याउँछ, सचेत हुने, केरमेट नगर्ने, एउटा परीक्षाको गल्तिलाई पुनः नदोहोर्‍याउने,
•जुन जुन प्रश्नको उत्तर आउँछ त्यही त्यही प्रश्नको उत्तर लेख्दै जाने,
•बहु बैकल्पिक प्रश्नको उत्तरमा विकल्पहरुको तुलना धैर्यतापूर्वक गरी निष्कर्षमा पुग्ने र सम्पूर्ण प्रश्नहरुको हल गर्ने,

घ) प्रश्नको अर्थ र आशय अनुसार उत्तर दिने:

के भन्ने प्रश्नले सूचनागत ज्ञान (अर्थ, परिभाषा, सूचना ) को अपेक्षा गर्दछ, कसरी भन्ने प्रश्नले प्रक्रियागत ज्ञान (प्रक्रिया, ढाँचा, पद्धति, चरण) आदिको माग तथा अपेक्षा गरेको हुन्छ । त्यस्तै कहिले ले समयको वा क्रमको, कहाँ ले ठाउँ र स्थानको, कुन ले बस्तुको छनोटको, को ले ब्यक्ति र कर्ताको, किन ले कारणको माग तथा अपेक्षा गरेको हुन्छ । यसरी प्रश्नको मागलाई बुझेर  त्यही अनुसार उत्तरको आपूर्ति गर्नुपर्छ ।

बिषयगत लामो उत्तरात्मक प्रश्नमा यी क्रियापदहरु प्रयुक्त भए आशय अनुसारको उत्तर दिनुपर्छ:

वर्णन गर्नु (Describe) : विषयबस्तुको बिस्तृत विवरण लेख्नेर तार्किक क्रममा चित्रण गर्ने र कथाको रुपमा बिषयबस्तुको प्रस्तुतीकरण गर्ने ।
ब्याख्या गर्नु (Explain) : बिषयबस्तुलाई स्पष्ट पार्न कारणहरु सहित विवरण उल्लेख गर्नु वा प्रस्तुत गर्नु ।
छलफल गर्नु (Discuss) : विवरणहरु दिँदै वर्णन गर्नु र फाइदा बेफाइदाहरुको ब्याख्या गर्नु ।
विश्लेषण गर्नु (Analysis) : मुख्य बिचार पत्तालगाउनु र तिनिहरु कसरी संबंधित छन किन महत्वपूर्ण भए भन्ने कुराहरु लेख्नु ।
सश्लेषण गर्नु (synthesis ) : विविध बिचारहरुलाई समेटेर मुख्य बिचारको निर्माण गर्नु ।
परिभाषा दिनु (Define) : औपचारिक अर्थ सहितको वाक्यात्मक उत्तर दिने (समय क्रम अनुसार अर्थमा आएको भिन्नतालाई समेट्दै) प्रायः स्मरणीय परिभाषा दिने ।
परिचय दिनु (Introduce) : बिषयको अर्थ,परिभाषा ,कार्य,बिबिध पक्षहरु लेख्दै महत्व सहित निष्कर्ष दिने 
फरक छुट्याउनु (Differentiate/Disguish) : सम्बन्धित बिषयको फरक देखाउदै तुलना गर्ने
सूची बनाउनु (Enlist/List) : मुख्य बिचार,बिषय वा नाम आदिको फ्रेम सहितको सूचि बनाउने
मूल्याकंन गर्नु (Evaluate) : आफ्नो बिचार दिने, मुख्य विशेषताहरु लेख्ने,महत्वपूर्ण अबधारणाहरु लेख्ने,फाइदा बेफाइदाहरु लेख्ने ।
दृष्टान्त दिने (Illustrate) : ठोस उदाहरणहरु, तुलना तर्कहरु प्रस्तुत गर्दै बिषयबस्तुलाई स्पष्ट पार्ने ।
प्रकाश पार्नु (Highlight) : खास खास पक्षलाई जोड दिदै तथ्य सहित महत्वलाई उजागर गर्ने ।
रुप रेखा तयार गर्नु ( Outline) : शब्दहरु, वाक्यहरुको संख्यात्मक र संरचनात्मक सुचि तयार गर्ने ।
प्रमाणित गर्नु (Prove) : विचार,तथ्य तथा तर्क दिदै सत्य देखाउने (खासगरी गणित र बिज्ञानसंग सम्बन्धित )
पुष्टि गर्नु (Jastify) : कसरी त्यो बिषय वा भनाइ त्यस्तो भयो लेख्नेर लेख्दा तथ्य, प्रमाण र कारणहरु जुटाउदौ निष्कर्ष दिने ।
उल्लेख गर्नु (State) : मुख्य बुदाहरु,स्पष्ट पदहरुर शब्दहरुमा वर्णन गर्नु ।
पुनरावलोकन र सिंहाअवलोकन (Review) : महत्वपूर्ण पक्षहरुको खोजी गरि सार लिने, निष्कर्ष लेख्ने, आवश्यकता अनुसार आलोचना गर्ने ।
सारांश लेख्ने (Summarize) : मुख्य विचारहरुको छोटो विवरण दिनेर विस्तृत उदाहरणहरुलाई हटाउने ।
टिप्पणी लेख्नु (Comment on) : आलोचना गर्नु, छलफल गर्नु, बिषयको पूर्ण सम्भाव्य अर्थको वर्णन गर्नु, आधार सहित तर्क गर्नु ।
चित्र बनाउनु (Draw a diagram ) : चित्र, चार्ट, ग्राफ बनाउनु, आवश्यकता अनुसारको छोटो ब्याख्या र नामाङ्कन गर्नु ।
गणना गर्नु (Compute/Enumerate) : अकंहरु उपयोग गर्दै हिसाब गर्नु, अनुमान गर्नु, सम्भावित परिणामहरु उल्लेख गर्नु ।
आलोचना गर्नु (Criticize) : आफ्नो बिचार दिने,बिषयबस्तुमा तार्किक मत दिने,सबल र दुर्वल पक्षहरु उल्लेख गर्दै आफ्नो निर्णय दिने ।
तुलना गर्नु (Compare) : शिर्षकहरुको बिचको समानता र असमानताहरु परीक्षण गर्नु ।
प्रश्नमा प्रयुक्त हुने क्रियापदको अर्थ र आसयलाई राम्ररी बुझ्ने, उत्तरको रुपरेखा सोच्ने, प्रश्नलाई नै गहिरो गरि नियालेर हेर्ने, हरेक उत्तरमा पुनः प्रश्न गर्ने कला सिक्ने हो भने विद्यार्थीलाई प्रश्नोउत्तर गर्न कठिन हुदैन् ।  प्रश्न मै हुन्छ उत्तर, नियालेर हेर्ने !नियालेर हेर्ने !!नियालेर हेर्ने !!!

ङ) शारीरिक तथा मनोबैज्ञानिक तयारी:

# शारीरिक तयारी:

•सन्तुलित भोजन सेवन गर्ने,
•खानामा कार्वोहाइड्रेट,प्रोटिन चिल्लो पदार्थ, भिटामिन ,खनिज पदर्थ,पानीको ठिक मात्रा सेवन गर्ने,
•आइरन र प्रोटिन युक्त खानेकुरा खाने,
•पानी र सुप प्रशस्त पिउने,
•फलफूल, सागसब्जी, ओखर, तील, काजु बदाम,फर्सिका बियाँ,दूध, प्रकृतिक रुपमै सेवन गर्ने,
•लेमन टी तथा ग्रीन टी लिने,
•आवश्यक औषधिहरुको तयारी गरी राख्ने --सिटामोल, मेट्रोन, जीवनजक,ब्रुफिन आदि।
•सजिलो र मौसम अनुसारको पोशाक लगाउने,
•शारीरिक कसरतको लागि दौड्ने उफ्रिने र खेल्ने।

# मानसिक तयारी:

•योगा, प्रणायम,ध्यान, एकाग्र गरी दिमागलाई चुस्त र स्वास्थ राख्ने,
•आफूले आफ्नो सफलतामा पूर्ण विश्वास गर्ने,
•सफल भइ छाड्ने दृढ संकल्प गर्ने,
•सकारात्मक सोच र व्यवहार गर्ने,
•तर्क- बितर्कको अभ्यास गर्ने,
•मस्तिष्क मन्थन तथा चिन्तन गर्ने,
•माइण्डफूल मेडिटेसन,केन्द्रिकृत र बिकेन्द्रिकृत सोचको व्यापक अभ्यास गर्ने,
•तनाव मुक्त हुने र पढेको कुरा पुनः स्मरण गर्ने,
•डर, त्रास, अनिदो र नकारात्मकताबाट टाढै रहने,
•उच्च मानसिकता, उच्च आत्मबल लिएर मात्र परीक्षाकोठामा प्रवेश गर्ने,
•परीक्षा समयमा हुने अनावश्यक हल्लाको पछि नलाग्ने,
•अरुको भनाई र लहढमा  नलाग्ने,
•परीक्षार्थीलाई अभिभावकको गहिरो प्रेमानुभूति दिलाउने,
•सफल हुनेमा ढुक्क रहने र सधै प्रसन्न रहने ।

 च)  परीक्षाहलमा अपनाउनुपर्ने सावधानीहरु:

•परीक्षाहलमा प्रवेश गरेपछि एक गिलास पानी पिउने,
•उत्तर पुस्तिका र प्रश्नपत्रमा सिम्वोल नं. र माँग भएका आवश्यक विवरणहरु उत्तर लेख्नुपुर्वनै भर्ने,
•प्रश्नको निर्देशनलाई ध्यान दिएर हेर्ने र सोही अनुसार गर्ने,
•प्रश्नहरुलाई ध्यान दिएर हेर्ने, नआत्तिने, पटक पटक प्रश्न पढ्ने र आशय बुझ्ने अनि मात्र उत्तर लेखन शुरु गर्ने,
•उत्तर पुस्तिकाको दुबै साइडमा उपयुक्त मार्जीन छोड्ने,
• हरेक प्रश्नको उत्तर नं अनिवार्य लेख्ने,
•आफूलाई सबैभन्दा सजिलो लागेको प्रश्नबाट उत्तर लेखन शुरु गर्ने,
•धैर्यता कायम राख्दै र सोचेर विवेक पूर्ण ढंगले उत्तर दिने,
•पढेको, बुझेको र स्मृती केन्द्रमा भएको ढाँचा अनुसार ओजपूर्ण र तथ्यपूर्ण शब्दहरुमा उत्तर लेख्ने,
•सोधिएका सबै प्रश्नहरुको सर्वोत्कृष्ट उत्तर लेख्ने र  प्रफुल्लीत हुने।

निष्कर्ष  : उच्च आत्मबिश्वास लिएर दृढ संकल्पका साथ `म सफल हुन्छु´ भनेर परीक्षाको  योजनाबद्ध तयारी गर्ने र त्यसका लागि सम्बन्धित बिषयबस्तुको गहिरो ज्ञान हासिल गर्ने,प्रश्नको ठोस उत्तर दिने कौशलको बिकास गर्ने,प्रश्न को माग अनुसार उत्तरको पुर्ति गर्ने ,समयको उचित ब्यबस्थापन गर्ने,मानसिक तथा शारीरिक तयारी गर्ने र परीक्षाहलमा आवश्यक साबधानी अपनाउने हो भने परिक्षार्थी सजिलै सफल हुन्छ । यसमा दुईमत छैन् । 

धैर्यपूर्वक पढिदिनु भएकोमा धन्यवाद ।

(लेखक पाण्डे सुनपकुवा माबि उर्लाबारी-२ मोरङका शिक्षक हुन्)
 
 

सम्बन्धित समाचार

समृद्धिका चार शुत्र

समृद्धिले सम्पन्नतालाई जनाउँछ । समृद्धि भनेको धनधान्य आदिले सम्पन्न हुनुको भाव हो । उन्नति र प्रगति हुनु हो । हरेक नेताको भाषणमा नछुट्ने शब्द पनि हो– समृद्धि । नेपालका राजनीतिक

मौन शक्ति: एक सशक्त शक्ति

सूर्यको प्रकाश, चन्द्रमाको शितलता, आकाशको बिशालता, ताराहरुको अटलता, पृथ्वीको सालिनता सबै मौन अभिव्यक्तिका परिणामहरु हुन् । हुनपनी तारा, सूर्य, चन्द्रमा मौन घुम्छ्न् । रुख बोट बिरुवा घाँस फूल मौन बढ्छ्न

दशैं महिमा : दशैँको टिका, जमरा, दक्षिणा र आशिर्वादको के छ महत्व ?

बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन

शिक्षक को हो ?

नेपाली बृहत् शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छ : शिक्षक: [सं०] शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति; अध्यापक; गुरु; मास्टर। शिक्षक शब्दमा प्रयोग भएको अक्षर  शि ले `शिखरमा लैजाने मान्छे` ,


z