• २०८१ बैशाख १७ सोमबार

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबार शुरु

kharibot

काठमाडौँ । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बिच शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ ।

दुबै संस्था गाभिए पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ  । मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ ।

दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका माननिय अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो ।

यस एनएमबि बैंकमा एफएमओ, कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफएमओसँगको सहकार्यले एनएमबि बैंकले वातावरण र सामाजिक जोखिमव्यवस्थापन गर्न तथानविकरणिय उर्जा, साना तथा मझौला व्यवसाय र कृषि उद्यममा अग्रता हासिल गर्न सफल भएको छ ।

बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधीप्राप्त गर्न सफल भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै