• २०८१ बैशाख १७ सोमबार

स्थापना दिवसमा चीनको शक्ति प्रदर्शन : भब्य कार्यक्रमसहित मनाइयो

kharibot

बेइजिङ । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भब्यताका साथ मनाएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङको नेतृत्वमा भएको साँस्कृतिक क्रान्ति सफल भएपछि सन् १९४९ अक्टोबर १ मा उनले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए ।

चीनले त्यसयता असाधारण गतिले विकास गरेको छ । बार्षिकोत्सव मनाउन चीनको राजधानी बेइजिङमा पनि ऐतिहासिक ठूलो भनिएको सैन्य परेड सम्पन्न भएको छ । 

बेइजिङमा बार्षिकोत्सवका अवसरमा आयोजित एउटा उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी जीङ पिङले भने, “कुनै पनि शक्तिले चीन र यहाँका जनतालाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन ।” एकतालाई नै चीनको निरन्तर प्रगतिको महत्वपूर्ण कारक भएको स्पष्ट देखिएको पनि उनले चर्चा गरे ।

सी जीङ पिङ आधुनिक चीनका माओपछिकै शक्तिशाली नेताका रूपमा उनलाई चिनियाँहरूले मान्ने गरेका छन् । 

उनले थपे, “चीनले ७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको छ । शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास विश्व समुदायको रहेको छ । 

कार्यक्रमलाई सफल र भब्यताका साथ सम्पन्न गर्न ट्याङ्कर, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका थिए भने देशैभर ठूलाठूला कार्यक्रमहरू गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै