• २०८१ बैशाख १६ आइतबार

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

kharibot

काठमाडौं । युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड नेदरल्याण्डसको क्लब एजेडसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा युनाइटेड र एजेड बिना कुनै गोल बराबरीमा रोकिएको हो ।

प्रिमियर लिगमा यस सिजनमा खराब प्रदर्शन गरिरहेको युनाइटेडले युरोपा लिगमा समेत राम्रो प्रदर्शन गर्न नसकेपछि प्रमुख कोच सोल्सकरको समेत आलोचना शुरु भएको छ ।

युनाइटेडले खेलेका पछिल्लो १० खेलमा जित हासिल गर्न नसकेपछि सन् १९८९ मा ११ अवे खेल नजितेको आफ्नै रेकर्डको नजिक पुगेको छ ।

त्यस्तै युरोपा लिगमा अर्को प्रिमियर लिग क्लब आर्सनल भने स्ट्याण्डर्ड लिगेमाथि ४-० ले विजयी भएको छ ।

युरोपा लिगको समुह एल मा रहेको युनाइटेडको यस बराबरीपछि २ खेलमा ४ अंक भएको छ  भने एजेडले भने दुवै खेल बराबरी खेलेर २ अंक बटुलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै