काठमाडौं । युरोकप २०२० छनौट अन्तर्गत इङल्याण्डले बुल्गेरियामाथि फराकिलो जित हासिल गरेको छ ।
समुह ए अन्तर्गतको गएराती सम्पन्न खेलमा इङल्याण्डले बुल्गेरियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
इङल्याण्डको जितमा रोज बार्कली र रहिम स्टरलिङले २-२ गोल गरे भने ह्यारी केन र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए ।
यस अघि चेक रिपब्लिकविरुद्ध अप्रत्याशित हार बेहोरेको इङल्याण्ड विजयी लयमा फर्किदै महत्वपूर्ण जित हासिल गरेको हो ।
जितपछि इङल्याण्डको समुह ए मा ६ खेलमा १५ अंक भएको छ भने अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै समुह ए मा चेक रिपब्लिक ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै कोसोभोको ६ खेलमा ११ अंक रहेको छ ।
बुल्गेरियाको भने ७ खेलमा केवल ३ अंक रहेको छ ।