काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत आयोजक युएईले हङकङलाई पराजित गरेको छ । आज भएको खेलमा युएईले हङकङलाई ८ विकेटले पराजित गरेका थिए ।
हङकङले दिएको ११७ रनको लक्ष्य पछाएको युएईले १५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । युएईको जितमा रमीज शाहाजले ५४ रन बनाएका थिए । त्यस्तै चिराग सुरीले अविजित ४४ रन बनाएका थिए । त्यस्तै रोहन मुस्ताफाले १० रन बनाएका थिए ।
यस अघि हङकङले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो ।
यो जितसँगै युएईले ३ खेलमा २ खेलमा जित हासिल गरेको छ ।
त्यस्तै आजै भएको खेलमा स्कटल्याण्डले पिएनजीमाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । त्यस्तै अर्को खेलमा आयरल्याण्डले ओमानलाई ३५ रनले पराजित गरेको छ ।