• २०८१ बैशाख १७ सोमबार

टोटनह्याममाथि लिभरपुलको जित, सलाहले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा जेम्स हेन्डरसन र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि ह्यारी केनले एक गोल गरेका थिए ।

टोटनह्यामले खेलको पहिलो मिनेटमा नै गोल गरेर लिभरपुलमाथि दबाब बनाएपनि आफ्नो अग्रतालाई बचाउन असफल भएको थियो ।

लिभरपुलका लागि हेन्डरसनले खेलको ५२औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि सलाहले खेलको ७५औ मिनेटमा पेनाल्टी गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

यो जितपछि लिभरपुल १० खेलमा २८ अंकसहित शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा लिभरपुल ६ अंकले अगाडी रहेको छ । त्यस्तै टोटनह्याम भने १० खेलमा १२ अंकसहित ११औ स्थानमा झरेको छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै