• २०८१ बैशाख १६ आइतबार

मेसीले क्यारियरमा गरे ५० फ्री-किक गोल, बन्यो नयाँ किर्तिमान   

kharibot

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले दुई गोल गरे भने  क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वरेजले एक एक गोल गरेका थिए । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए ।

मेसीले यस खेलमा फ्री-किकबाट गरेको गोलले नयाँ किर्तिमान बनेको छ । मेसीले आफ्नो क्यारियरमा ५०औ फ्री-किक गोल गरेका छन् ।

मेसीले बार्सिलोनाका लागि ४४औ फ्री-किक गोल गरेका छन् भने अर्जेन्टिनाका लागि ६ फ्री-किक गोल गरेका छन् ।

आफ्नो क्यारियरमा धेरै फ्री-किक गोल गर्ने खेलाडीको सुचिमा लियोनका पुर्व स्टार जुनिन्हो पर्नामबुकानोले ७७ गोल गरेका छन् भने पेलेले ७० र रोनाल्डिन्होले ६६ फ्री-किक गोल गरेका छन् । त्यस्तै डेविड बेकहमले ६५ र ब्राजिलियन रोजेरियो सेनीले ५९ फ्री-किक गोल गरेका छन् ।    

इन्जुरीवाट मैदानमा फर्किएपछि मेसीले ३ खेलमा ४ गोल गरेका छन् ।       

यो जितसँगै बार्सिलोनाले १० खेलबाट २२ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित रियल भालाडोलिड भने लिगको नवौं स्थानमा छ । लिगको दोस्रो स्थानमा भने ग्रानाडा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै