• २०८१ बैशाख १५ शनिबार

ज्ञानेन्द्र मल्ल बने नेपाली क्रिकेटको नयाँ कप्तान 

kharibot

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयां कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । 

पारस करिब १० बर्षसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए ।

२९ बर्षिय मल्लले नेपालका लागि अहिलेसम्म ६ एकदिवसीय खेल खेलेका छन्, जसमा एक अर्धशतक सहित १४३ रन बनाएका छन् ।

त्यस्तै नेपालका लागि २१ टी-२० खेल खेल्दै ३३४ रन बनाएका छन् ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै