• २०८१ बैशाख १७ सोमबार

नेपाल १४ बर्षपछि फस्ट क्लास क्रिकेट खेल्दै 

kharibot

काठमाडौं ।  नेपालले करिब १४ बर्षपछि पहिलो पटक फस्ट क्लास क्रिकेट आजदेखि खेल्दै छ ।

आज त्रिवि क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच तीन दिने फर्स्ट क्लास क्रिकेट खेल हुदै छ । यस अघि नेपालले पहिलो पटक सन् २००४ मा प्रथम श्रेणी खेलेको थियो । सन् २००५ मा मार्चमा यूएईसँग कीर्तिपुरमा खेले त्यसयता नेपालले प्रथम श्रेणीको खेलेको छैन । नेपालले १४ वर्षपछि प्रथम श्रेणी खेल्न लागेको हो ।

गत वर्ष श्रीलंकामा खेल्ने तालिका रहेपनि वर्षाको कारण सो खेल रद्ध भएको थियो ।

अहिलेको नेपाली टिममा केवल दुई खेलाडीसँग मात्र फर्स्ट क्लास क्रिकेटको अनुभव रहेको छ । सोमपाल कामी र शरद भेस्वाकरसँग मात्र फर्स्ट क्लास क्रिकेटको अनुभव रहेको छ ।

सोमपालले सन् २०१५–१६ मा श्रीलंकाको सारासेन्स स्पोर्ट्स क्लबाट फर्स्ट क्लास क्रिकेट खेलेका थिए । त्यस्तै शरदले सन् २००४ मा यूएईविरुद्ध प्रथम श्रेणीमा डेब्यू गरेका थिए । 

पछिल्लो १५ बर्षमा एकदिवसीय र टी-२० क्रिकेट मात्र खेलेको नेपालका लागि यो फर्स्ट क्लास क्रिकेट नयाँ शुरुवात हुने देखिएको छ । नेपाली खेलाडीले एमसीसीविरुद्धको यो खेललाई कसरी शुरुवात गर्छन र कस्तो एप्रोचका साथ खेल्छन भन्ने विषय रोचक हुने देखिन्छ ।

पुर्व कप्तान पारसलाई यस अघि सार्वजनिक गरिएको फर्स्ट क्लास टिममा समावेश गरिएको छैन । टिममा समावेश नरहेपनि पारस खेल्न सक्ने बताइएको छ । तर यस बारेमा अन्तिम निर्णय टीम व्यवस्थापनले खेल अघि लिने बताइएको छ ।

त्यस्तै स्टार स्पिनर सन्दीप लामिछाने यस खेलमा नेपालका प्रमुख हतियार हुनसक्ने देखिएको छ ।

फर्स्ट क्लासको नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, वसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, ललित नारायण राजवंशी, पवन सरार्फ, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर र सोमपाल कामी ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै