• २०८१ बैशाख १५ शनिबार

रियल म्याड्रिडको जितमा रोड्रीगोको ह्याट्रिक

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले टर्किस क्लब गालाटासारेलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा रियल म्याड्रिडले गालाटासारेलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा युवा खेलाडी रोड्रीगोले ह्याट्रिक गरेका थिए । रोड्रीगोले खेलको ४औ, ७औ र ९२औ मिनेटमा गोल गरेका थिए । त्यस्तै करिम बेन्जामाले २ गोल गरे भने सर्जियो रामोसले एक गोल गरेका थिए ।

यस खेलमा गोल गरेसँगै करिम बेन्जामा लियोनेल मेसीपछि लगातार च्याम्पियन्स लिगका १५ सिजनमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।  

यो हारसँगै गालाटासारे च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरिएको छ । ४ खेलमा केवल एक अंक बटुलेको गालाटासारे अब २ खेल खेल्न बाँकी रहेको छ । त्यस्तै रियल म्याड्रिडको भने ४ खेलमा ७ अंक भएको छ ।

समुह ए मा पिएसजी ४ खेलमा १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै