• २०८१ बैशाख १७ सोमबार

रूप ज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

kharibot

काठमाडौं । उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री रूप ज्योतिलाई अनुसन्धानका लागि थप पाँच दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार म्याद थपेर अनुसन्धानका लागि अनुमति दिएको हो ।

हाउजिङ कारोबारका नाममा ठगी गरेको आरोपमा उद्योगपति रुप ज्योति गत बिहीबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । विमानस्थलबाट उनीसँगै छोरी सुरुचीलाई पनि पक्राउ गरेको हो ।

बालुवाटारका वीरेन्द्रमान श्रेष्ठलगायतलाई ज्योतीले बाँसबारीस्थित हाउजिङको फ्ल्याट एक करोड २६ लाख रुपैयाँमा पास गरिदिन्छु भनेर पैसा बुझेका थिए । सोही ठगी काण्डमा संलग्न भएको आरोपमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीको दाबी छ ।  
उजुरीका आधारमा ज्योतीलाई पक्राउ गर्न प्रहरीले २०७५ मंसिरमा पक्राउ पूर्जी जारी गरेको थियो । 

तर, ज्योतीले सर्वोच्च अदालत गई निषेधाज्ञा जारी गराएका थिए । सर्वोच्चले आफ्नै अन्तरिम आदेशको विपक्षमा गत मंगलबार फैसला सुनाएपछि ज्योति पक्राउ परेका हुन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै