• २०८१ बैशाख २७ बिहीबार

जिल्ला आइस हक्की सङ्घको अध्यक्षमा पुनः मर्सानी

kharibot

कास्की । जिल्ला आइस हक्की सङ्घको अध्यक्षमा पुनः विद्या मर्सानी निर्विरोध निर्वाचित भएकी छिन्।

सङ्घको आज पोखरामा भएको अधिवेशनले मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको प्रथम उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामप्रसाद गुरुङ, सचिवमा पुनम गुरुङ र कोषाध्यक्षमा विजय गुरुङ चयन भएका छन्।

यस्तै सदस्यमा सुनिल मानन्धर, अरुण दत्त, शेरबहादुर गुरुङ, इन्द्रा ढकाल र दीननाथ बराल छन्। एउटा सदस्य पछि मनोनित गरिने अध्यक्ष मर्सानीले बताइन्।

सङ्घका केन्द्रीय उपाध्यक्ष मदन केसीले पोखरा तथा समग्र नेपालमानै हक्की खेलको प्रशस्त सम्भावना रहेको औँल्याए। उनले आगामी मङ्सिर २ गते सङ्घको केन्द्रीय महाधिवेशन हुने जानकारी दिए।

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जिल्लामा १०० खेलको सङ्घ दर्ता भएको उल्लेख गर्दै आइस हक्की सङ्घलाई आफ्ना गतिविधिलाई नियमित सञ्चालन गर्न आग्रह गरे।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै