• २०८१ बैशाख १७ सोमबार

सब्सटिच्यूट हुदा रिसाएका रोनाल्डो कारवाहीबाट बचे !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो खेलमा सब्सटिच्यूट भएपछि अहिले चर्चामा रहेका छन् । आइतबार राति एसी मिलानविरुद्धको खेलमा ५५औ मिनेटमा नै सब्सटिच्यूट भएका रोनाल्डोले त्यसपछि गरेको व्यवहार पनि अहिले चर्चामा रहेको छ ।

रोनाल्डो सब्सटिच्यूट भएपछि रिसाएर खेल नसकिदै सिधै टनेलबाट बाहिर गएका थिए । सामान्यतया खेल नसकिदै खेलाडी टनेल बाहिर जादैनन् । 

युभेन्टस ०-० को अवस्थामा रोनाल्डोको ठाउमा आएका अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले निर्णायक गोल गरेर युभेन्टसलाई जित दिलाएका थिए ।

रोनाल्डोले यस्तो व्यबहार गरेपनि क्लबले उनलाई कारवाही भने नगर्ने भएको छ । प्रशिक्षक सारीले रोनाल्डोको बचाउ गर्दै रोनाल्डो नारिसाएको भए आफु अचम्म पर्ने थिए भन्ने प्रतिक्रिया दिएका छन् ।

सारीले रोनाल्डो पछिल्लो पहिना देखि एन्कलमा सामान्य इन्जुरीका कारण खुलेर खेल्न सकिरहेका छैनन् । समस्या हुदा हुदै पनि उनले पुरै खेल खेल्न खोज्नु आफैमा ठुलो कुरा हो भन्दै उनी रिसाउनु सामान्य भएको बताए ।

यता रोनाल्डोले पनि खेलपछि आफ्नो सामाजिक संजालमा 'गाह्रो खेल, महत्वपूर्ण जित' भन्ने स्ट्याटस लेखेका थिए ।

यो जीत पछि युभेन्टस इन्टर मिलानभन्दा एक अंकले अगाडी रहेको छ ।

रोनाल्डोले यस सिजनमा युभेन्टसका लागि १४ खेलमा ६ गोल गरेका छन् । रोनाल्डो अब अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत पोर्चुगलको युरो छनौटका खेल खेल्ने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै