काठमाडौँ । एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४४.५ ओभरमा अल आउट हुदै १९३ रन बनाएको हो ।
नेपालका लागि पवन सराफले सर्वाधिक ५६ रन बनाए । पवनले ७ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए ।
त्यस्तै शरद भेस्वाकरले ४४ रन बनाए भने यसै खेलमा अन्तर्राष्ट्रिय डेभ्यु गरेका कुशल भुर्तेलले २८ रन बनाएका थिए ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए भने करण केसीले आक्रामक २० रन बनाएका थिए । नेपाली कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भए भने आरिफ सेखले २ रन मात्र बनाए । त्यस्तै विनोद भण्डारी ५ र सोमपाल कामी २ रन बनाएर आउट भए ।
भारतका बलर सौरभ दुबेले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै यश राथोड़ले ३ विकेट लिए भने पार्थ रेखाड़ेले २ र सिद्धार्थ देसाईले एक विकेट लिएका थिए ।
अब भारतले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।