काठमाडौँ । आज देखि शुरु भएको भारत र बंगलादेशबीचको पहिलो टेस्टमा बंगलादेश पहिलो इनिंगमा १५० रनमा अल आउट भएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले पहिलो दिनको ५८.३ ओभर मात्र खेलेर १५० रन बनाउदै अल आउट भएको छ ।
बंगलादेशका लागि मुशफिकुर रहिमले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान मोमिनुल हकले ३७ रन बनाए भने लिटन दासले २१ रन बनाएका थिए । त्यस्तै मोहमद मिथुनले १३, मदुमुल्लाहले १० रन बनाएका थिए ।
बंगलादेशलाई सस्तैमा आउट गर्नेक्रममा भारतीय बलर मोहमद सामीले ३ विकेट लिएका थिए भने इशान्त शर्मा, उमेश यादव र आर आश्विनले २-२ विकेट लिएका थिए ।
अब भारतले आफ्नो पहिलो इनिंग शुरु गर्दै छ ।
हाल भारत टुरमा रहेको बंगलादेशले यस अघि खेलेको टी-२० सिरिज २-१ ले हारेको थियो । बंगलादेशले भारतसँगको दोस्रो टेस्ट कोलकोतामा पिंक बलमा डे-नाइट टेस्ट खेल्दै छ ।