• २०८१ बैशाख १७ सोमबार

कुवेतविरुद्ध भुटानमा खेल्ने नेपाली फुटबल टिमको घोषणा

kharibot

फाइल तस्बीर

काठमाडौँ । विश्वकप फुटबलको छनौट खेल अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सीय खेलाडी घोषणा गरेको हो ।

दशरथ रंगशालाको पुन:निर्माण सम्पन्न नभएपछि नेपालले मंसिर ३ गते कुवेतविरुद्ध भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल्दैछ । 

कुवेतविरुद्धको खेलका लागि फरवार्ड भरत खवास टोलीमा फर्किएका छन् । यस अघि भरत नेपाली सेनाको विशेष प्रशिक्षणमा रहेका कारण टिममा थिएनन् ।  

कुवेतविरुद्ध खेल्ने नेपाली  टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, देवेन्द्र तामाङ, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, रजिन धिमाल र सुमन अर्याल । 
मिडफिल्डर : सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, रोहित चन्द, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ ।
फरवार्ड : भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ ।

नेपालले विश्वकप छनोट अन्तर्गत अहिलेसम्म सबै चार अवे खेल खेलिसकेको छ । अहिलेसम्म नेपालको ४ खेलबाट ३ अंक रहेको छ ।

समूह बी मा रहेको नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग भएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो । नेपाल पछिल्लो अवे खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै