• २०८१ बैशाख १७ सोमबार

रुप ज्योति हाजिरी जमानीमा रिहा

kharibot

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं व्यवसायी रुप ज्योति रिहा भएका छन् । उनीसँगै छोरी सुरुची पनि रिहा भएकी छिन् ।

ज्योतिविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि उनी हाजिरी जमानीमा रिहा भएका हुन् ।

प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन पेश गरेको भए पनि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।

यही कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले ०७५ मंसिर २० गते ज्योतिको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै