• २०८१ बैशाख १७ सोमबार

नेपाली युवा टिम भारतसँग २ विकेटले पराजित 

kharibot

काठमाडौँ । भारत टुरमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतीय अन्डर १९ बि टिमसँग पनि पराजित भएको छ ।

भारतीय टिमले नेपाललाई २ विकेटले पराजित गरेको हो । 

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको भारतीय युवा टिमले ४६.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि दिभ्यांस जोशीले सर्वाधिक ५४ रन बनाए भने कृष्ण सेटी कृष्णले ३९, राजेश जमवालले २९, सुरेन्द्र कुमार दाहियाले २८, निर्मल कुमारले अविजित २० रन बनएका थिए । त्यस्तै नरेश कुमारले अमहत्व्पूर्ण १६ रन बनाएका थिए ।

नेपाली बलर आकास चन्दले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै सगर ढकालले २ विकेट लिए भने कुशल मल्ल र शीर मल्लले एक एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको नेपाली युवा टिमले भारतको अन्डर १९ बि टिमलाई २११ रनको लक्ष्य दिएको थियो । नेपालले ४९.५ ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो । 

नेपाली कप्तान रीत गौतमले ८४ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका छन् । रीतले ९३ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ८४ रन बनाएर आउट भएका थिए ।

त्यस्तै अर्का ब्याट्सम्यान शीर मल्लले ३३ रनको महत्वपूर्ण पारी खेलेका थिए भने हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाएका थिए ।

नेपालका शिर्षक्रमका अन्य ब्याट्सम्यान भने असफल भएका थिए । नेपाली खेलाडी लोकेस बमले ५, तृतराज दासले २, बिशाल बिक्रम केसीले ३ र अभिषेक बस्नेत शुन्यमा आउट भएका थिए ।

भारतीय बलर दिव्यानंश जोशीले सर्वाधिक ३ विकेट लिए भने विनोद अन्कोलेकरले २ विकेट लिएका थिए ।

यो सँगै नेपाल भारत टुरमा भारतका अन्डर १९ ए, बि र सी तिनै टिमसँग पराजित भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै