काठमाडौँ । जारी टी-१० लिगमा सन्दीप लामिछानेले आजको खेलमा एक विकेट लिएका छन् ।
सन्दीपले मराठा अरेबियन्सविरुद्धको खेलमा २ ओभरमा २५ रन दिएर एक विकेट लिएका हुन् ।
सन्दीपले पहिलो ओभरमा १४ रन दिएका थिए भने दोस्रो ओभरमा एक विकेट लिदै ११ रन दिएका थिए ।
सन्दीपले २० बलमा ५० रन बनाएका एडम लिथलाई आउट गरेका हुन् ।
अघिल्लो खेलमा सन्दीपको बलिङमा दोस्रो ओभरमा वेस्टइन्डिजका केरन पोलार्डले ३० रन ठोकेपछि सन्दीप यस खेलमा दबाबमा थिए ।
यस खेलमा मराठाले टस जितेर पहिला ब्याटिंग गर्दै १० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको छ । यस अघि दुई खेल हारेको कर्नाटका टुस्कर्सले यो खेल जित्न १३० रनको लक्ष्य पाएको छ ।